बीरगंजमा 'मिस नेपाल २०२४' को अडिसन सुरु हुँदै छ।
आयोजक कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरि यही बैशाख १६ गते आइतबार बिहान ९ बजे देखी वीरगंजको होटेल भिस्वामा अडिसन कार्यक्रम हुने जनाएको छ ।
भोलि शनिवार अभिमुखीकरण कार्यक्रम रहेको मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाहले बताइन् । इच्छुक सहभागीका लागि आवदेन जेष्ठ १ गते सम्म खुल्ला रहने उनले बताइन् ।
मिस नेपालको लागि न्युनतम ५ फिट ३ ईन्च उचाई , १८ देखि २७ बर्षका अविवाहित नेपाली नागरिकले आवेदन दिन सक्ने छन ।
आवेदनमा भाग लिन कुनै शुल्क नलाग्ने र यस बर्षको प्रतियोगितामा तिन मुख्य बिजेता छनौट हुने छन । जसमा मिस नेपाल, मिस नेपाल अर्थ र मिस नेपाल ईन्टरनेशनल रहने छन ।
प्रतियोगिताको लागि बिर्तामोड, ईटहरी, वीरगंज,चितवन,भैरहवा,नेपालगंज,पोखरा,सुर्खेत र काठमाडौं लगायतका शहरमा अडिसन हुनेछ ।
१८ मे २०२४ मा फाईनल अडिसन सम्पन्न भएपछि त्यहाबाट छनौट भएका प्रतियोगिहरुलाई ग्रैंड फिनालेको लागि प्रशिक्षण दिईने छ ।
मिस नेपाल २०२४ को ग्रैंड फिनाले साउन १९ गते गोदावरी स्थित सनराईज कन्भेन्सन सेन्टरमा हुनेछ ।आ
आजको पत्रकार सम्मेलनमा मिस नेपाल ईन्टरनेशनल २०२३ कि प्रसिद्धि शाह, अजय रत्न स्थापित, रोटरी क्लब वीरगंजका आयुश गुप्ता लगायतको उपस्तिथि रहेको थियो ।